काठमाडौं । उद्यमी तथा साहित्यकार वसन्त चौधरीको अन्तर्वार्तामा आधारित श्रव्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ आज (शुक्रबार) सञ्चालन आउनुभएको छ । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुन लागेको हो ।
वसन्तले यस कार्यक्रममा विभिन्न व्यक्तित्वलाई ल्याएर उहाँहरूको संघर्ष तथा जीवन यात्राका आरोह-अवरोहबारे कुरा गर्नुहुनेछ । आज (शुक्रबारदेखि २२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिषा कोइराला रहनुहुनेछ । ‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै उतारचडाव हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ’, वसन्तले भन्नुभएको छ, ‘यही अनवरत प्रयत्नले गर्दा मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ ।’
उहाँले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनामा उतार्ने गरेको बताउनुभएको छ । ‘मलाई तपाईंका मनका कुरा सुन्न मन लाग्यो । तपाईंका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो’, उहाँले भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts