हिन्दी चलचित्र गायनमा नेपालकी गायिका मेनुका पौडेलले गरिन ‘डेब्यू’, सर्बत्र प्रशंसा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली गायिका मेनुका पौडेलले गाएको हिन्दी फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म ‘सलार’ मा उनले गाएको गीत बुधबार सर्वाजनिक भएको छ ।

निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के’ बोलको उनले गाएको हिन्दी गीत सार्वजनिक भएको हो । गीत हम्बले फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्। गत आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म ‘सलार’ मा गीत गाएको जानकारी दिएकी थिइन्। उक्त गीत बुधबार युट्युवमा सार्वजनिक भएको थियो ।

ADVERTISEMENT

‘इन्डियन आइडल’ को ‘टप १४’ मा पुगेकी उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ। उनले आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छिन्।

‘सलार’ हिन्दी चलचित्रमा उनले गाएको गीतको चौतर्फी प्रशंसा भइरहेको छ । त्यतिमात्र होइन्, मेनुकाको हिन्दी गायनलाई लिएर भारतीय सञ्चारमाध्यमले प्रंशसा गर्दै समाचारहरु बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *