खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन जरुरी : प्रदेश सांसद बान्तवा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । प्रदेश सांसद बिनोद बान्तवाले खेलकुद क्षेत्रलाई पनि राज्यले प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्वर ६ को घ्याम्पे रंगशालामा आयोजित तेश्रो खुला पुरुष फुटवल प्रतियोगिताको उद्घाटन गर्नु हुदै सांसद तथा नेपाली कांग्रेस भोजपुरका सभापति बान्तवाले खेलकुद क्षेत्रमा कतैबाट पनि झेल हुन नहुने बताउनुभयो । राजनीतिमा नेतृत्ववाट झेल हुने गरेको स्मरण गर्दे सांसद बान्तवाले आयोजक तथा निर्णायकलाई लक्षित गर्दै राम्रा खेलाडीलाई प्रोत्साहन गर्न पनि ध्यानाकर्षण गराउनु भयो ।

ADVERTISEMENT

बिभिन्न २६ टिमको आयोजनामा सुरु प्रतियोगिताका लागि नगरपालिकाको वडा नम्वर ६ ले प्रायोजन गरेको छ भने आयोजना षडानन्द नगरपालिका वडा नम्वर ६ खेलकुद बिकास समितिले गरेको हो । प्रतियोगितात्मक खेल बिहिवारबाट हुने छ ।

आगामी मंसिर २४ गतेसम्म संचालन हुन प्रतियोगितामा पहिलो हुने टिमले नगद ७१ हजार, दोश्रो ५१ हजार, तेश्रो ३१ हजार र सान्त्वना पुरस्कार बापत ११ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । यसका साथै प्रतियोगिताअन्तर्गत अन्य ब्यक्तिगत विद्या तर्फ पनि खेलाडीलाई पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *