काठमाडौं । पूर्णकला बिसी र खिम छन्त्यालको स्वर रहेको पञ्चेबाजा गीत ‘सधैं हुन्छु फेल’ सार्वजनिक भएको छ । खिम छन्त्यालकै शब्द अनि संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेम थापाले निर्देशन गरेको गीतको भिडयोमा सारिका केसी र स्वयं खिम फिचर्ड हुनुहुन्छ । गीतको भिडियोमा एउटा पूर्ण रमाइलो विवाहलाई अटाइएको छ । राम केशीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।






