काठमाडौं । नाटक ‘ब्युँझिएको सिरानी’ पुनः मञ्चन सुरु भएको छ । १५ मंसिरबाट बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको नाटक ३० गतेसम्म प्रदर्शन हुनेछ । नाटकलाई जेडी तमुले निर्देशन गर्नुभएको हो । वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सहप्रस्तुतिमा नाटक तयार भएको हो । मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकलाई दर्शकले मन पराइरहेका छन् ।
रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, प्रतिना राई, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्तीमगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सिर्जना भट्टराईलगायत कलाकारको अभिनय रहेको नाटकमा अनिल सुब्बाले कला निर्देशन गर्नुभएको छ ।
गायिका झुमा लिम्बूले संगीत संयोजन गर्नुभएको छ भने प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत दिनुभएको छ । नाटकले मानसिक दुर्बलतामाथि उत्कृष्ट अभिव्यक्तिमार्फत् मौनता तोड्ने प्रयास गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts