काठमाडौं । भिडियो निर्देशक निरेन श्रेष्ठले आफ्नो जन्मदिन मातृ नेपालका बालबालिकासँग मनाउनु भएको छ । उहाँले मुड्खुभञ्ज्याङमा रहेको मातृ नेपालमा आश्रित बालबालिकासँग आफ्नो जन्मदिन मनाउनु भएको हो ।
श्रेष्ठले २० थान न्यानो सिरक हस्तान्तरण र भोजन गराएर आफ्नो जन्मदिन मनाउनुभएको थियो । एकदशकभन्दा बढी समयदेखि कला क्षेत्रमा सक्रिय उहाँ सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएको छ ।






