ललितपुर । विश्व नेपाली साहित्य महासंघको ललितपुर शाखाको आयोजनामा लगनखेलमा विशेष कवितावाचन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कविहरू रामनाथ अधिकारी, उषा केसी, राजेशमान केसी, मणिराज सिंह, देवकी खतिवडा, कृष्णबहादुर विष्ट, निर्जला मिश्र, सुनिता अधिकरी, रूबिना राना, लक्ष्मीदास मुस्कान, लीलाराज ढहाल, सुजाता अर्याल, युनिसा पोखरेल, जनार्दन रिजाल, यमुना प्रधानांग, जुमन किरण, सुधा मिश्र, बृजेनदेवराज सिंह, पदमबहादुरलगायत व्यक्तिले कवितावाचन गर्नुभएको थियो ।
कार्यक्रममा कवि तुलसी दिवसले कवितावाचन गर्दै कविहरूले आफ्नो स्तर आफैं कायम गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सस्तो लहडबाजीमा कविताको बेइज्जत गर्न नहुने जिकिर गर्नुभएको थियो ।
शाखाका महासचिव सुधा मिश्रले सञ्चालन गर्नुभएको कार्यक्रममा बुद्धिमान महर्जन, मणिराज सिह, सुधा मिश्र, जुमन किरण, रूविना राना, सुनिता अधिकारी, कृष्णबहादुर विष्ट, चीनीमाया माझी, विनोद बन्जारा, पदमबहादुर डागरलाई प्रमुख अतिथि दिवसले सदस्यता प्रमाण पत्र र परिचय पत्र वितरणगरी सम्मान गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता