भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ९ मा संचालित भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ भोजपुरका संस्थापक सभापति तथा ब्यवसायी तेज मोक्तानले विद्यालयमा अध्ययनरत २२ जना बालबालिकाहरुलाई बिहिवार न्यानो कपडा बितरण गर्नु भएको हो । चिसो मौसम बढ्दै गएको अवस्थामा बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरिएको मोक्तानले बताउनुभयो ।
न्यानो कपडा पाएकोमा बालबालिकाहरु समेत खुशी देखिएका छन । अहिलेको मौसममा बालबालिकाहरुलाई बितरण गरिएको कपडाले राहत मिलेको विद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो । “विद्यालयमा अध्ययनरत बहिरा बालबालिकाहरुका लागि कपडा सहयोगले राहत मिलेको छ,यसले उनीहरुमा खुशी समेत छाएको छ ।” प्रधानाध्यापक तामाङले भन्नुभयो ।






