✍️ पदम दाहाल
तिमी नेता भएर सिद्घियौ
कसैलाई फेटा बनाएर सिध्यायौ
नेताजी भयौ विकास उगाल्यौ
बेथा बटुलेर निकास गरायौ
सेताहात्तीको पालेर बगाल
दोहन गरिरहृयौ शिरा र स्रोत
बोल्न सकेन विचरा मेरो देश ।
फेरिरहृयौ आफूले काँचुली
चटकी भाषणले हेराइरहृयौ टुलुटुलु
बजाइरहृयौ फुटेको बाँसुरी
सधैं गुलाफ र गुराँस लेकबेंशी हुँदो
फुलिरहृयो उसरी नै
टाक्सिएको र मरन्च्याँसे
आँक्न नसक्ने गरी सुन्निएझैँ फिर्यो
तर किन फिर्न सकेन कठैबरा मेरो देश ?
मादी न.पा.-६, सङ्खुवासभा
हाल :लोकन्थली, भक्तपुर







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता