
काठमाडौं । प्रतिमा केसी ‘प्रवासी’को मुक्तककृति ‘प्रवासी सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गर्नुभएको हो । साहित्यकार शेरचनले कृति विमोचन गर्दै मुक्तक विधा सम्प्रेषणीय माध्यम भएको धारणा राख्नुभयो । उहाँले समसामयिक मुक्तक लेखनबारे पनि चर्चा गर्नुभएको थियो ।
समीक्षक ज्ञानु अधिकारीले कृतिमा समावेश एक हजारभन्दा बढी मुक्तकहरूमा जीवनका यावत विषय परेको उल्लेख गर्नुभयो । सोअवसरमा डा.रूपक श्रेष्ठले केसीका मुक्तकहरू प्रभावशाली भएको जिकिर गर्नुभयो ।
नेपाल मुक्तक प्रतिष्ठान काठमाडौंले आयोजना गरेको कार्यक्रममा सुनिल अधिकारी, रमेश पौडेल, राधेश्याम लेकाली, प्रतिमा केसीलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो । यो कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशनमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच