खाेटाङ । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्र बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ ।
आफ्नै श्रीमतीको उजुरीका आधारमा गएराती २ बजे थापालाई दिक्तेलस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन भन्दै थापाका श्रीमती गएराती प्रहरीमा पुगेकी थिईन् ।
प्रहरी कार्यालयमा थापा र श्रीमतीबीच छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयाे । पीडितको कुराका आधारमा निर्णय हुने कार्कीकाे भनाइ छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा