श्रीमतीको उजुरीमा शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख प्रहरी नियन्त्रणमा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खाेटाङ । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्र बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ ।

आफ्नै श्रीमतीको उजुरीका आधारमा गएराती २ बजे थापालाई दिक्तेलस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन भन्दै थापाका श्रीमती गएराती प्रहरीमा पुगेकी थिईन् ।

प्रहरी कार्यालयमा थापा र श्रीमतीबीच छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयाे । पीडितको कुराका आधारमा निर्णय हुने कार्कीकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?