धनगढी । धनगढीमा हुने एलपिएल आठौँ संस्करणको बलियो पार्टनरमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभ्स जोडिएको छ । मंसिर ९ गतेदेखि २३ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग सिनियर क्रिकेट प्रतियोगिताको बलियो पार्टनरका रूपमा नेपाल न्युट्रीसन इनिसियटिभ्स जोडिएको हो ।
प्रतियोगिताको विजेताले नगद दुई लाख ५५ हजार ५५५ रुपैयाँ तथा उपविजेताले एक लाख २८ हजार नगद रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलरले सात हजार पाँच सय, उत्कृष्ट ब्याटरले सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलको प्लेयर अफ द म्याचले एक हजार पाँच सय र प्रतियोगिताको उदीयमान खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सम्पूर्ण खेलहरू राष्ट्रिय टेलिभिजन न्यूज नेपाल टेलिभिजन एचडीद्वारा प्रसारण गरिने आयोजकले जनाएको छ ।
२०७३ मा माघ ५ गतेदेखि माघ १६ गतेसम्म यस प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको थियो । यो प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुने गर्दछ । यस वर्ष १६ वटा टिमले सहभागिता जनाउनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा