काठमाडौं । लघुचलचित्र ‘फेजेज’ निर्माण भएको छ । यु क्रिएसन निर्माता रहेकोे ‘फेजेज’मा शेरबहादुर राई उर्फ राज राई, जिना निरौला, जयेन्द्र सावत, शेखर दाहाल, लेसम मगर, श्याम कार्की, विश्वास नेपाली, अजय बान्तवा राईलगायतका कलाकारको अभियन छ ।
वीरेन्द्र सिंह कसुवाको लेखन/निर्देशन रहेको यो लघुचलचित्रलाई ओजेश थिएटर एण्ड फिल्म स्टुडियोले निर्माण गरेको हो । मायाप्रेममा आउने उतारचढावलाई यसमा समेटिएको राज राईले जानकारी गराउनुभयो । यसलाई छिट्टै सार्वजनिक गरिने उहाँको भनाइ छ ।






