काठमाडौं । यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृतना र गुणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जंगी अड्डाको खेल मैदानमा आयोजित कार्यक्रममा उपत्यका पृतनापति र जगदल गणका गणपतिलाई ट्रफी एवं नगद पुरस्कार प्रदान गर्नुभयो ।
प्रथम हुने पृतना र गणलाई तीन/तीन लाख नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको समग्रमा पुरानो गोरख गण र १६ नं. बाहिनी द्वितीय भए भने फस्ट राइफल गण र मध्यपूर्वी पृतना तृतीय घोषित भए ।
द्वितीय हुने गण र बाहिनीलाई एक-एक लाख नगद, ट्रफी तथा तृतीय हुने गण र पृतनालाई ५०-५० हजार नगद र ट्रफी प्रदान गरियो ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा जगदल गण प्रथम भयो भने काली शक्ति गण दोस्रो भयो । प्रतियोगितामा जगदल गणले १ का विरुद्ध २ गोल गरेको थियो । जगदल गणका दोरिन्द्रविक्रम ढुंगाना र सन्जोग दुराले १/१ गोल गर्नुभयो भने काली शक्ति गणका अमृत दराईले १ गोल गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने गणलाई क्रमशः एक लाख र ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा तेस्रो घोषित देवीदल गणलाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो । समारोहमा उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई पनि प्रमाणपत्र प्रदान गरियो ।
उहाँहरूलाई बलाध्यक्षरथी सीताराम खड्का तथा पूर्वप्रधानसेनापतित्रय प्यारजंग थापा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधा समावेश थिए । समापन अवसरमा बलाध्यक्ष खड्काले ‘स्वास्थ्यका लागि खेल’ र ‘राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ भएको प्रतियोगितामार्फत् राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन र पहिचान गर्ने ध्येय रहेको बताउनुभयो ।
सो अवसरमा प्रतियोगिताअन्तर्गत ४२ किमी एथलेक्टिसका विजयी मोहनदेव जोशी र १० किमी दौड प्रतियोगिताका विजयी खड्गबहादुर खड्कालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विधामार्फत् उच्च योगदान पु¥याउने कीर्तिमानी खेलाडी दीपक अधिकारी र राष्ट्रिय महिला फुटबल खेलाडी विमला चौधरीलाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा