काठमाडौं । सरिता गुरुङले नवौँ संस्करणको मिसेस मंगोल नेपालको उपाधि चुम्नुभएको छ । हिमालयन मुभिजद्वारा काठमाडौंमा आयोजित मिसेस मंगोल नेपाल २०२३ सौन्दर्य प्रतियोगितामा नुवाकोटकी सरिता गुरुङले चाँदीको ताज पहिरिँदै हङकङको टुर प्याकेजसमेत प्राप्त गर्न सफल हुनुभएको हो । प्रतियोगितामा फस्ट रनर अपमा सुनी साम्सुहाङ्मा तथा सेकेण्ड रनर अपमा मिङ्डोमा शेर्पाले उपाधि हासिल गर्नुभयो । मिसेस मंगोल नेपाल मंगोलियन समुदायका विवाहित महिलाहरूको राष्ट्रियस्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो ।
हिमानी सुब्बाको निर्देशन एवं कोरियोग्राफी रहेको कार्यक्रममा मंगोलियन समुदायको विविध संस्कृति झल्कने परम्परागत पोशाक र आफ्नै भाषामा समेत प्रतियोगीहरूले परिचयात्मक चरण, प्रश्नोत्तर चरण, फेसन शो, क्राउनिङ चरणमा प्रस्तुति दिएका थिए । सुरुवाती चरणमा सुब्बाको कोरियोग्राफीमा ‘नेपाली हामी रहौँला कहाँ...’ गीतमा आकर्षक नृत्य गरेका प्रतियोगीहरूले समग्र कार्यक्रममा निकै नै उत्कृष्ट प्रस्तुति दिएका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा कस्मेटोलोजिस्ट डा. रेखा थापा मगर, मिसेस हिमालयन नेपाल २०२० माया लामा, मिसेस नेपाल आइडल २०१९ शोभिता राई र अभिनेता सोम लामा रहनुभएको थियो । कार्यक्रममा विभिन्न सबटाइटल अवार्डहरू वितरण गरिएको थियो, जसमा मोस्ट इन्टेलिजेन्ट र भ्युअर च्वाइस सरिता गुरुङ, बेस्ट फोटोजेनिक, मस्ट पपुलर र पब्लिक भिडियो च्वाइस सुनी साम्सुहाङ्मा, मोस्ट इनर्जेटिक मिङ्डोमा शेर्पा, मोस्ट चार्मिङ रोजी ब्लोन, मोस्ट डिलिजेन्ट टेनिसा राना मगर, मोस्ट स्मार्ट सञ्जु मेयोङ्वा तावा, मोस्ट डिसेन्ट मञ्जिला राईले जित्न सफल हुनुभएको थियो । रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा विविध नृत्य प्रस्तुतिहरूसमेत गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा