खानेपानी समितिको नेतृत्वका लागि भोजपुरमा धमाधम मतदान

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वका लागि दुई समुह बीच शुक्रवार चुनावी प्रतिष्पर्धा भएको छ ।

समितिको बिद्यान २०५७ (संसोधन सहित) को दफा १२ (१) बमोजिम मुल कार्य समिति गठन प्रक्रियाका लागि बिहानबाट नै निर्वाचन जारी रहेको निर्वाचन समितिका संयोजक भीषण श्रेष्ठले बताउनु भयो । कुल एक हजार ९ सय ५१ मतदाता रहेका छन । जसमा साढे ६ सय बढी मतदाताले मतदान गरि सकेका छन् ।

नौ जना पदाधिकारीका लागि हुने निर्वाचनमा कोषाध्यक्ष बाहेका दुई समुहबाट नै उम्मेदवारी परेको छ ।

ADVERTISEMENT

जस अन्तर्गत अध्यक्षका उम्मेदवार तुफान किरातको समुहबाट उपाध्यक्षमा लिलामाया तामाङ, सचिव सुदिप कार्की, खुल्ला सदस्यमा नारायण बहादुर कार्की, डम्बर कुमार श्रेष्ठ, महिला सदस्य लक्ष्मी कुमारी खत्री, जनजाति सदस्य कल्पना देवी तामाङ र दलित सदस्यमा देवी सुन्दास उम्मेदवार हुनुहुन्छ ।

यसैगरी अध्यक्षका उम्मेदवार राज कुमार श्रेष्ठको तर्फबाट उपाध्यक्षमा निर्मला राई, सचिव घमचन्द्र दाहाल, खुल्ला सदस्यमा चित्रबहादुर प्रधान, रमन राई, महिला सदस्य सुशिला तामाङ, जनजाति सदस्य दिप बहादुर श्रेष्ठ र दलित सदस्यमा दुर्गा रणपहेली निर्वाचनमा सामेल हुनुहुन्छ ।
श्रेष्ठको तर्फबाट कोषाध्यक्षका उम्मेदवार कृष्ण कुमारी बिश्वकर्माले मनोनयन फिर्ता लिएपछि किरात पक्षका कृष्णमाया तामाङ कोषाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भई सक्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज