काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध पनि मुद्दा दायर गरेको छ।
उनीहरुविरुद्ध सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्ति अनुसार आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषकै पदाधिकारीको मिलेमतोमा मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिन गरेकाे थियाे ।
हेर्नुहोस् आयोगको विज्ञप्ति





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा