राज कुन्द्राले खोले मास्क लगाएर सार्बजनिक स्थलमा जानुको कारण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

मुम्बइ। ९० को दशकमा चर्चित अभिनेत्री शिल्पा शेट्टीले हिरा व्यवसायी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । शिल्पाका श्रीमान केही समयदेखि गलत कारणले चर्चामा छन् । वास्तवमा जुलाई २०२१ मा उनलाई जेल पनि जानु परेको थियो ।

त्यसपछि उनी प्रायः मास्कले मुख लुकाउँछन्। उनले किन यस्तो गर्छन् रु भन्ने बारेमा फ्यानहरुले धेरै चर्चा गरे तर केही दिन अघि राज कुन्द्राले यसको केही कारण आफैले भनेका थिए ।

हालै राज कुन्द्राले टविटरमा ‘आस्क मी एनिथिङ’ भन्दै लेका थिए, जहाँ उनले आफ्ना फ्यानका निकै रोचक प्रश्नको जवाफ दिएका छन । यस क्रममा अधिकांश फ्यानले राज कुन्द्रालाई मास्क लगाउनुको कारण सोधेका थिए ।

एक प्रयोगकर्ताले उनलाई सोधे कि तपाईको मास्क कहिले खुल्छ रु यस प्रश्नको जवाफमा राज कुन्द्राले लेखेका छन, ‘म मेरा फ्यान र साथीहरूका लागि मास्क लगाउँदिन । म यो मिडियाको लागि लगाउँछु। अबदेखि उसले मबाट यति मात्र पाउनेछ।’

ADVERTISEMENT

अर्का प्रयोगकर्ताले पनि राज कुन्द्रालाई यस्तै प्रश्न गरेका छन् । जसको जवाफमा कुन्द्राले भने, ‘मैले यो पब्लिकका लागि लगाएको होइन, म मिडियालाई मेरो अनुहारमा क्लिक गर्ने मौका दिन चाहन्न । मिडिया ट्रायलबाट गुज्रनु पर्दा म अत्यन्तै दुखी छु। मिडिया कानुनभन्दा माथि छैन।’

यसपछि एक प्रयोगकर्ताले राज कुन्द्रालाई अश्लिल सामग्रीको मामिलामा उनको गिरफ्तारीबारे पनि सोधे। जसको जवाफमा उनले निकै साहसका साथ जवाफ दिए, ‘यो छिट्टै बाहिर आउनेछ।’

उनलाई अश्लिल चलचित्र बनाईएको आरोप लागे पछि पक्राउ गरिएको थियो, महिनौ हिरासतमा बसे पछि निस्केका कुन्द्राले त्यसपछि मास्क लगाएर सार्बजनिक स्थलमा देखिन थालेका थिए । जसलाई मानिसहरुले अनौठो मान्दै आएका छन । उनले एक प्रयोगकर्ताको जवाफ दिदै भनेका छन, ‘एउटा कुरा म मेरा शुभचिन्तकहरूलाई आश्वस्त पार्न सक्छु कि मैले मेरो जीवनमा कुनै पनि अश्लील कुरामा भाग लिएको छैन् र उत्पादन पनि गरेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *