सलमान खानको टाइगर ३ को टिजर सार्वजनिक, एक्सन र डाइलगको चर्चा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म टाइगर ३ को टिजर सार्वजनिक भएको छ । डेढ मिनेको उक्त टिजरमा सलमानको एक्सन र सानदार डाइलग निकै रुचाइएको छ ।

भारतीय सञ्चार माध्यमले सलमानको आउँदै गरेको टाइगर ३ फिल्मको प्रशंसनीय पक्ष उनको एक्सन र डाइलगलाई लिएर गरेका छन । टिजरमा सलमान टाइगरजस्तै पात्रको भूमिका रहेका छन् । यसले सलमानले फेरी एक फेर दर्शक र फ्यानको मन जित्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

भारतीय सञ्चार माध्यम र सामाजिक सञ्जालमा उनको भूमिकाको निकै प्रशंसा गरिएको छ । टिजरमा देखिएअनुसार सलमान अनिनाथसिंह राठोरको पात्रमा छन् । टिजरमा उनका ५ वटा डाइलग सानदार रहेको भारतीय मिडिया आजतकले रिभ्यु गरेको छ । उक्त पात्रमा उनले डाइलगमा भन्छन, ‘मेरा नाम अनिनास सिंह राठौर हैँ, पर मैंँ आप सभी के लिएँ टाइगर हुँ ।’

यसअघि टाइगर १ र २ ले बलिउडमा धमाका मच्चाएपछि त्यसको सिक्वेलको रुपमा सलमानले टाइगर ३ फिल्म खेलेका हुन् । उक्त फिल्म आउने इद पर्व आसपासमा रिलिज हुने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज