बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका-१ सुङ्ला बस्ने एक अपाङ्ग महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो ।

महिलालाई अल्जाइमर भएको मौका छोपी नाबालकले करणी गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ । नाबालक नैतिक रुपमा पतन भइसकेको हुँदा यस्तो घटना घटेको हुनसक्ने प्रहरी नायब उपरिक्षक भरत शाहले बताउनुभयाे ।

महिला र नाबालक भएकाले नाम गाेप्य राखिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *