काठमाडौं । भक्तपुर सुसेली मञ्चको आयोजनमा सुसेली वाचन कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका-३ स्थिति गेलाल गाउँका आयोजित कार्यक्रममा विभिन्न व्यक्तिले सुसेलीहरू वाचन गर्नुभयो । नेपाल सरकारका सचिव मणिराम गेलालको निवासमा उक्त कार्यक्रम उहाँकै सभापतित्वमा आयोजना भएको थियो । राष्ट्रिय सुसेली मञ्चकका अध्यक्ष दुर्गाप्रसाद अधिकारी भमरकोटे प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने अतिथि रहनुभएको थियो ।
साहित्यकार डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकारहरूले आ-आफ्ना सुसेली वाचन गर्नुभयो । साहित्यकारहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो भने कार्यक्रममा रचना वाचन गर्ने साहित्यकारहरूमा विनोद दाहाल वत्स, सावित्री गेलाल, छन्दविज्ञान निरौला, सुचिता काफ्ले, बिके मकाजु, सालिग्राम दाहाल, श्याम मकाजु, टीकाराम गेलाल, लालबहादुर भुजेल, विश्वनाथ ढुंगेल तथा राममणि ढुंगेल रहनुभएको थियो ।
यसैगरी रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा कविराज घिमिरे, हरिभजन गेलाल, रामशरण न्यौपाने, दुर्गा अधिकारी भमरकोटे, दधिराम गेलाल हुनुहुन्यो । कार्यक्रममा उक्त वडाका वडाअध्यक्ष श्यासुन्दर धिमालले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमका सभापति मणिराम गेलालबाट सम्बोधनका साथ कार्यक्रमको समापन भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts