‘जीवन्त सम्बन्ध’ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक समारोहबीच लेखककी आमा राजकुमारीदेवी सिंहले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । आईओएमका पूर्वडिन प्राडा.जगदीशप्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।

ADVERTISEMENT

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा.भगवान कोइराला, पूर्वराजदूत प्राडा.विश्वम्भर प्याकुरेल लगायतले भिडियोमार्फत् शुभकामना सन्देश दिनुभएको थियो ।

पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ छन् । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा.ओम फाउण्डेशनमार्फत् खर्च गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *