काठमाडौं । नेपाली कला संस्कृतिको संरक्षण गर्दै विश्व बजारमा पुर्याउने उद्देश्यले ‘चौथो प्रियसी धमाका २०२३’ दुबईमा आयोजना हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजना रहेको कार्यक्रम बर दुबईस्थित याक एण्ड यति एभरेष्टमा यही असोज १४ गते (अक्टोवर १) मा आयोजना हुन लागेको हो । कार्यक्रममा नेपालमा दर्जन बढी कलाकर्मीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालबाट गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्यकलाकार तथा मोडेल सागर लम्साल ‘बले’, बाल कलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिकथाली नृत्यांगना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डिआर सुजन, कृष्ण जोशीलगायतको सहभागिता रहनेछ भने प्रवासबाट पनि गायक बाबुराम परियार, कमल परियार, प्रकाश पुरी, नीर तामाङलगायतको सहभागीता हुने बताइएको छ ।
प्रियसी म्युजिक प्रालिले यसअघि थाइल्याण्ड, सिंगापुर र मलेशियामा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । दुबई कार्यक्रम प्रियसी म्युजिकलाई आयोजनामा पूर्णिमा घिसिंगले सघाउनुभएको छ । दुबई कार्यक्रमको तयारी सकिएको प्रियसी म्युजिक प्रालि सञ्चालक तथा गीतकार राजेन्द्र पुरीले जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल चिनाउने र नेपाली कला संस्कृति झल्कने प्रस्तुति रहने उहाँको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts