उपन्यास ‘राइपाली भञ्ज्याङ’ विमोचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । औपन्यास ‘राइपाली भञ्ज्याङ’ विमोचित भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार बुद्धिसागर, दुर्गा कार्की र कृतिकार सागर खड्काले लेखक सागर खड्काको पहिलो उपन्यास कृति ‘राइपाली भञ्ज्याङ’ विमोचन गर्नुभएको हो ।

कार्यक्रममा लेखक खड्काले ‘राइपाली भञ्ज्याङ’ लेखन यात्रा स्मरण गर्नुभएको थियो । पुस्तक लेख्न चार वर्ष लागेको र यसबीचका उतारचढावबारे उहाँले आफ्ना सम्झना सुनाउनुभएको थियो । लेखन यात्रा सुरु गर्दादेखि अहिले पुस्तकका रूपमा आइसक्दा पुस्तकले आफूलाई नयाँ संसारमा लगेको उहाँको भनाइ थियो । कार्यक्रममा अतिथिहरूले आ-आफ्ना भनाइ राख्दै लेखक खड्कालाई बधाई र शुभकामना दिएका थिए ।

ADVERTISEMENT

‘राइपाली भञ्ज्याङ’मार्फत साहित्य आकाशमा उदाउनुभएका लेखक खड्काको जन्म लमजुङमा भएको हो । हाल उहाँ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा डिपार्टमेन्ट अफ एक्वाकल्चरमा स्नातकोत्तर गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *