काठमाडौं । सत्यसाई र पारामाउन्ट १७औँ क्विक्स-ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा विजयी भएका छन् । धापासीस्थित आयोजक ग्रिनल्याण्डको कोर्टमा सत्यसाईले युनिभर्सिटीलाई ३५-२४ तथा पारामाउन्टले भद्रकालीलाई २२-१७ ले पराजित गर्यो ।
सिनियर ब्वाइजमा गोल्डेन पिकले स्किब्सलाई ४८-३३, सेवा सदनले भद्रकालीलाई ३२-२०, पञ्चायणले सिद्धार्थलाई ५७-३७, टिआइएले युनिभर्सिटीलाई १८-१३, पृथ्वीले प्राञ्जलीलाई ३६-२७, लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले नव ज्ञानभूमिलाई ३९-१८ र जेबी स्कुलले बाल संसारलाई ४६-३३ ले हराए । जुनियर ब्वाइजमा गोल्डेन पिकले बिएनएलाई ३३-२३ ले पाखा लगायो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता