सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो ।

ADVERTISEMENT

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्को मिति तोकिएको छैन ।  सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज