धनगढी । लिटल फ्लावर प्रिमियर लिग (एलपिएल ८) सिनियर टी-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुंगो लागेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सहआयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ वटा टिमहरूको नामावली प्रकाशन गरेसँगै प्रतियोगितामा सहभागी हुने १६ वटा क्रिकेट टिमहरूको टुंगो लागेको हो ।
प्रतियोगिताको आठौँ संस्करणमा क्रिकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौं, गरुडा नगरपालिका रौतहट, लिटल एन्जल्स बोर्डिङ स्कुल भालुवाङ दाङ, शुक्लाफाटा ब्ल्याकबक्स फाउण्डेसन कञ्चनपुर, जे एस स्पोर्ट्स सुपर स्टार कञ्चनपुर, खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर कञ्चनपुर, युथ अफ टिकापुर टिकापुर कैलाली रहेका छन् ।
यसैगरी घोडाघोडी क्रिकेट एकेडेमी सुख्खड, कैलाली, सत्यवती क्रिकेट एकेडेमी अत्तरिया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, एसपिए कलेज धनगढी कैलाली रहेका छन् ।
प्रतियोगितामा सहभागी अन्य टिमहरूमा लिटल फ्लावर बोर्डिङ हाइस्कुल धनगढी कैलाली, कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलाली, धनगढी स्पोर्ट्स क्लब बोराडाडी धनगढी कैलाली, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली र शारदा माध्यमिक विद्यालय बैयाबेहेडी धनगढी रहेका छन् ।
प्रतियोगिता मंसिरको पहिलो हप्तादेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार ५५५ हजार तथा उपविजेताले एक लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटर र बलरले जनही नगद सात हजार ५०० र उदीयमान खेलाडीले नगद पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार ५०० पुरस्कार प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्याक्सिम सिक्सेस प्रहार गर्ने खेलाडीले जनही ५०० प्राप्त गर्नेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा