मिलाप तीज उत्सव सम्पन्न, ज्ञानु राणालाई दीर्घ साधना सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । मिलाप दोस्रो तीज उत्सव सम्पन्न भएको छ । शनिबार काठमाडौंमा एक विशेष समारोहबीच ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ मिलाप तीज उत्सव सम्पन्न भएको हो । समारोहमा विशिष्ट गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले राणालाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गर्नुभएको थियो ।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको समारोहमा कला, साहित्य र गीत-संगीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता रहेको थियो । समारोहमा वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, निर्माता÷निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, अभिनेत्री रेजिना उप्रेती, कलाकार गोमा केसी, शिला गजुरेल, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावललाई मिलाप सम्मान अर्पण गरिएको थियो ।

यस्तै, समारोहमा फेसन डिजाइनर अनु श्रेष्ठ, व्यवसायी एवं समाजसेवी कल्पना थापा, प्रमिला कार्की, धन राज्यलक्ष्मी शाक्य, पूजा शाह, सावित्रा अधिकारी, ब्युटिसियन अनिता देउला, मोडल एवं समाजसेवी सलिना गुरुङलाई समाजमा उहाँहरूले पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो ।

समारोहको सहयोगी संस्थामा हिमालयन बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, रिलायबल लाइफ इन्सुरेन्स र सिग्नेचर रहेका थिए । यस्तै, साझा कुरियर एण्ड कार्गो, म्युजिक एण्ड भ्वाइस रेकर्डिङ स्टुडियो र जिनियस खबरको साथ रहेको थियो ।
सञ्चारकर्मी दीपज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा कल्पना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । तीजलाई परम्परागत भन्दा पनि सिर्जनात्मक रूपमा मनाउनुपर्ने जोड दिँदै प्रमुख अतिति उपसभामुख रानाले मिलापले गरेका कार्यको सहराना गर्नुभएको थियो ।

ADVERTISEMENT

सम्मानित व्यक्तिबाट दीपाश्री निरौला र ज्ञानु राणाले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँहरूले मिलापका कार्यको तारिफ गर्नुभएको थियो । यस्तै, अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नु पर्नेमा जोड दिनुभएको थियो ।

विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताउनुभयो । उहाँले यस कार्यक्रममा सहयोग पुर्‍याउनुहुने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

गायिका मञ्जु थापा, माण्डवी त्रिपाठी र सारिका घिमिरेले गीत प्रस्तुत गर्दा प्रमुख अतिथि उपसभामुख रानाले पनि आफ्नो मन्तव्यसँगै गीत गाउनुभएको थियो । सो अवसरमा तीजको दर खानुका साथै दिदी बहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?