छायाँछवि तीज म्युजिक अवार्डको सातौँ संस्करणका उत्कृष्ट मनोनयन सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । छायाँछबि तीज म्युजिक अवार्डको सातौंँ संस्करणका उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै यो संस्करणका उत्कृष्ट सार्वजनिक गरिएको हो । ‘हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत-संगीतलाई मौलिक रूपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरू गुञ्जिन्छन् । आजभोलि बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृति तिरसमेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप – प्रत्यारोप जे भए पनि तीज संगीत फस्टाउँदो भने पक्कै छ’, अवार्ड समारोहका अध्यक्ष शान्ति प्रियद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तीजको परम्परालाई कायम राख्दै सातौँ छायाँछवि तीज म्युजिक अवार्ड-०८० को आयोजना गर्न लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?