बेल्जियममा गायिका मल्लिकासँग महिलाले मनाए तीज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गेन्ट । बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

सोमबार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान गरेका थिए । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी, यति धेरै मान्छेहरुको बीचमा, अच्छालिकीन लण्डनको चिसोले समाउलालगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

ADVERTISEMENT

कार्यक्रममा रेनु केसी, मैया नेपाल, एनआरएनए बेल्जियमकी संयोजक शारदा धिताल, सम्झना लामिछाने, कविता थपलिया, रस्मी निरौला र उमा पोखरेल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?