भृकुटीमण्डपमा बृहत् सांस्कृतिक महोत्सव सम्पन्न

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वीकृति इभेण्ट म्यानेजमेन्टको आयोजनामा भृकुटीमण्डपमा बृहत् जनचेतनामूलक सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन केन्द्रीय समिति, नेपाल होस्टेल एसोसिएसन काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्रि, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोक जिल्ला समिति, राष्ट्रिय लोक संस्कृति संरक्षण प्रतिष्ठान नेपाल महोत्सवको सह आयोजक रहेका थिए ।

स्वीकृति इभेण्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष एवं गायक नवीन पौडेलको अध्यक्षमा सञ्चालित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथ्यता रहेको थियो । विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको आतिथ्यता रहेको कार्यक्रममा करिब दुई सयजना आँखाका बिरामीलाई तिलगंगा आँखा अस्पतालका डाक्टरबाट निःशुल्क रूपमा आँखा परीक्षण र ब्लड डोनेशन कार्यक्रमअन्तर्गत पचास पिन्ट रगत संकलनसमेत गरिएको थियो ।

ADVERTISEMENT

विभिन्न झाँकीसहित प्रस्तुत भएको कार्यक्रममा कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा सामाजिक सांस्कृतिक, कृषि, शैक्षिक एवं खेलकुदको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन अधिवक्ता एवं गायक सेमन्तमणि खरालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *