काठमाडौं । अभिनेत्री निता ढुंगानालाई पितृ शोक परेको छ । उहाँका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो । निताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराउनुभएको हो ।
उहाँका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाल्यकालमै आमाको काख गुमाउनुभएकी निता बुबासँग अत्यन्त नजिक हुनुहुन्थ्यो । निताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जलि दिनुभएको छ । ‘हार्दिक श्रद्धाञ्जलि मेरो भगवान मेरो बुबाको बैकुण्ठवास होस् ।’ निताले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts