काठमाडौं । आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ ले रिलायन्सलाई २८-२० ले पराजित गर्यो । केएमसी ‘ए’ का रियम राईले १७ अंक जोड्नुभयो । इनोभेटिभले सनसाइनलाई २८-१९ ले हरायो । इनोभेटिभका समुन्द्र महर्जनले १६ स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमै ज्ञान निकेतनले बाल दीक्षालाई २९-२०, काठमाडौं जेभियरले केएमसी ‘बी’लाई २२-१५, नेरिक एकेडेमीले सैनिकलाई ३७–१८, एआइएले एनसिसिएसलाई ३७-१६, भद्र घलेले एलिट ग्राण्डलाई १९-१५ र जेनिथले सेन्ट पाउललाई ४४-१७ ले पाखा लगाए ।
ज्ञान निकेतनका आशालाल श्रेष्ठले १२, काठमाडौं जेभियरका अनिकेत बास्तोलाले १४, नेकिरका सुशल मगरले १४, एआइएका पर्वत पाण्डेले १६, भद्र घलेका विवश मगरले १२ र जेनिथका सुशील शाहीले १८ अंक बटुल्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता