टेलिशृंखला ‘तपस्या’ प्रदर्शनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पारिवारिक धाराबाहिक टेलिशृंखला ‘तपस्या’ प्रदर्शनमा आएको छ । मुलुकको वेरोजगारी र वैदेशिक रोजगारका कथावस्तुका साथमा सामाजिक धारावाहिक टेलिशृंखला ‘तपस्या’ निर्माण भएको हो । विनोद श्रेष्ठ, स्वानिका बास्तोला, रुक्मिला अधिकारी, उत्तम केसीलगायत कलाकारको अभिनय रहेको यो सिरियलमा पर्शुराम रिजालको निर्माण, जीवन शाहीको लेखन तथा निर्देशन छ ।

ADVERTISEMENT

काठमाडौंको व्यस्त जीवनशैलीबीच छायांकन गरिएको यस टेलिसिरियलको छाँयांकन रामकुमार केसीले गर्नुभएको हो भने पठकथा संवाद रामशरण पाठकको छ । भदौ १० बाट तपस्या इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत प्रशारणमा आएको तपस्याको पहिलो भाग नै दर्शकले मन पराएका छन् । आगामी भागहरू अझै सशक्त बनाउनुपर्ने जिम्मेवारी आएको लेखक निर्देशक जीवन शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *