बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

तनहुँ । बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *