काठमाडौं । गीतकार दयाराम पाण्डेयले आफ्नो जन्मदिन बालाजु वनस्थलीस्थित मानव सेवा आश्रममा मनाउनु भएको छ । उहाँले त्यहाँ रहेका दुई सयजना भन्दा धेरै ज्येष्ठ नागरिक र भिन्न क्षमता भएका व्यक्तिलाई भोजन गराएर आफ्नो जन्मदिन मनाउनुभएको हो ।
उक्त अवसरमा आफ्नो सक्षिप्त मन्तव्य राख्दै पाण्डले आफूले गीत लेखेर आर्जन गरेको रुपैयाँबाट केही रुपैयाँ समाजसेवामा खर्चन पाउनु निकै खुशीको कुरा भएको बताउनुभयो । गीतकार पाण्डेयले चलचित्र र आधुनिक गरी करीब एक हजार गीत लेख्नुभएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड हृयाटृक गर्नुभएका पाण्डेयले इनास अवार्ड, बक्स अफिस अवार्ड, म्युजिक खबर, राप्ती म्युजिक अवार्डलगायत राष्ट्रकै प्रतिष्ठित नातीकाजी प्रतिभा पुरस्कार राष्ट्रपतिकै हातबाट ग्रहण गरिसक्नुभएको छ ।
संगीतकार शम्भुजित बास्कोटादेखि सौर्य बास्कोटा सम्म, गायक उदितनारायण झादेखि आदित्यनारायण झासम्म, नायक भुवन केसीदेखि अनमोल केसीसम्म निर्माता उद्धव पौडेल देखि निरक पौडेलसम्म दुई पुस्तासँग काम गरिसकेका उनी नेपाली चलचित्रमा सर्वाधिक गीत लेख्ने गीतकारको कुरा गर्दा अग्रपंक्तिमा पर्नुहुन्छ ।
रोयल्टी संकलन समाज केन्द्रका पूर्वउपाध्यक्ष रहनुभएका पाण्डेय नेपाली गीतसंगीत, कला संस्कृति र चलचित्रको सम्बद्र्धन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका नेपाल च्याप्टरका अध्यक्ष हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts