काठमाडौं । चलचित्र ‘महापुरुष’ सिनेमा घर एपमा सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र अब पैसा तिरेर आफूले चाहेको समयमा सिनेमा घर एपमा हेर्न सकिनेछ । सिनेमा २०० रुपैयाँ तिरेर एपमा हेर्न सकिने बताइएको छ । ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ दिने सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछाने आशावादी हुनुहुन्छ । नेपालमा एपमा सिनेमा हेर्ने दर्शकको संख्या बढ्न थालेको उहाँको जिकिर छ ।
गतवर्ष सिनेमाघर एपमा सिनेमा ‘कबड्डी–४’ रिलिज भएको थियो । उहाँले एपमा ‘कबड्डी-४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको बताउनुभयो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘महापुरुष’ले घरेलु बक्सअफिसमा सात करोड ३८ लाख ग्रस कलेक्सन गरेको थियो ।
सामाजिक कथामा निर्माण भएको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य शीर्ष भूमिकामा हुनुहुन्छ । साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायतको पनि शीर्ष भूमिका छ ।
प्रदीप भट्टराईले निर्देशन चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।
षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा चलचित्रमा डेब्यु गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच