सेमिफाइनलमा रोकियो सावित्राको टोली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको सेमिफाइनलमा रोकिएको छ । बिहीबार राति भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग ३-० ले पराजित हुँदै रानाना फाइनल पुग्नबाट रोकियो ।

नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केही अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सक्नुभएन । यसअघि रानानाको लागि डेब्यु खेलमा सावित्राले १ गोल गर्नुका साथै एक खेलमा सहायकको भूमिका खेल्नुभएको थियो । सोही खेलमा जित हात पार्दै रानानालाई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

ADVERTISEMENT

एथेना कपको फाइनल अब किर्यात गात र हापोएल जेरुसलम खेल्नेछन् । दुवै टोलीले रानानालाई पराजित गरिसकेका छन् । अब रानानाले अर्को बिहीबार लिगअन्तर्गत पहिलो खेल खेल्नेछ । सावित्राले रामात हासारोनविरुद्ध खेल्दै लिग डेब्यु गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?