काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको सेमिफाइनलमा रोकिएको छ । बिहीबार राति भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग ३-० ले पराजित हुँदै रानाना फाइनल पुग्नबाट रोकियो ।
नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केही अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सक्नुभएन । यसअघि रानानाको लागि डेब्यु खेलमा सावित्राले १ गोल गर्नुका साथै एक खेलमा सहायकको भूमिका खेल्नुभएको थियो । सोही खेलमा जित हात पार्दै रानानालाई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
एथेना कपको फाइनल अब किर्यात गात र हापोएल जेरुसलम खेल्नेछन् । दुवै टोलीले रानानालाई पराजित गरिसकेका छन् । अब रानानाले अर्को बिहीबार लिगअन्तर्गत पहिलो खेल खेल्नेछ । सावित्राले रामात हासारोनविरुद्ध खेल्दै लिग डेब्यु गर्नुहुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements