प्रज्ञा प्रतिष्ठानमा गुञ्जिदै रायमाझी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ गायक नारायण रायमाझी यही भदौ १५ गते प्रज्ञा प्रतिष्ठानमा गुञ्जिने हुनुभएको छ । कमालादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘नारायण रायमाझी सांगीतिक साँझ’ हुने भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

उहाँले एकल साँझको अवसरमा रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी-२’ शुभारम्भ गरिने पनि जानकारी गराउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरू प्रस्तुत गर्नुहुने छ ।

कार्यक्रममा कलाकार, कला, गीतसंगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा लागेका दर्शक, एवं श्रोताहरूको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *