लंका प्रिमियर लिगको उपाधि कान्डीलाई

Read Time = 2 mins

कोलम्बो । बी लव कान्डीले लंका प्रिमियर लिग (एलपिएल) को उपाधि जितेको छ । फाइनलमा डम्बुला आरालाई पाँच विकेटले हराउँदै कान्डीले उपाधि जितेको हो । जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको कान्डीले १९.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसका कप्तान एन्जिलो म्याथ्युजले २१ बलमा तीन चौकासहित २५ रन प्रहार गर्नुभयो । यस्तै, कामिन्दु मेन्डिसले ३७ बलमा तीन चौका र एक छक्कासहित ४४, मोहम्मद हरिसले २६, दिनेश चान्डिमल २४ र आसिफ अलीले १९ रन थप्नुभयो ।

डम्बुलाका स्पिनर नुर अहमदले चार ओभरमा २७ रन खर्चेर तीन, बिनुरा फ्रेनान्डोले चार ओभरमा ३१ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको डम्बुलाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

ADVERTISEMENT

उसका लागि धनञ्जय डी सिल्भाले २९ बलमा तीन छक्कासहित ४० रनको योगदान दिनुभयो । सदिरा समाराविक्रमा ३० बलमा पाँच चौकासहित ३६, कुशल मेन्डिस २२, अविष्का फ्रेनान्डो पाँच र कुशल परेराले ३१ रन बनाउनुभयो ।

कान्डीका लागि चतुरांगा डी सिल्भाले चार ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो । नुवान प्रदीप र मोहम्मद हसनैनले समान एक विकेट लिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?