म्युजिक भिडियो निर्देशक समाजद्वारा नगद राशीसहित संगीतकार शम्भुजीत सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजको दोस्रो वार्षिक उत्सव, साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम राजधानीमा रहेको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ।

संस्थाका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुभएको थियो। सो कार्यक्रममा म्यूजिक भिडियोको स्तरलाई एउटा उचाइमा पुर्याउन सफल म्यूजिक भिडियो निर्देशकद्वय स्व. आलोक नेम्वाङ र स्व. सुरज श्रेष्ठको स्मृतिमा प्रथम आलोक(सुरज स्मृति पुरस्कार स्वरूप नगद राशी  ११,१११ सहित प्रतिष्ठित संगीतरत्न शम्भुजीत बासकोटालाई सम्मानित गरिएको थियो।

कार्यक्रममा नेपाली म्यूजिक भिडियो र सञ्चार जगतमा आफ्नो अथक मेहनतकासाथ विशेष योगदान पुर्याउने वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महत, वरिष्ठ भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ छायाँकार तथा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता धिरज जंग शाह, पहिलो महिला भिडियो निर्देशक, सञ्चारकर्मी तथा समाजसेवी अनुपा श्रेष्ठ र वरिष्ठ भिडियो निर्देशक शंकर बिसीलाई विशेष सम्मान गरिएको थियो।

ADVERTISEMENT

यसरीनै चर्चित गायक यस कुमार, गीतकार प्रकाश सुवेदी, पप गायिका तथा कार्यक्रम सञ्चालिक प्राश्ना शाक्य, चर्चित गीतकार अम्बिका गरुङ, गीतकार तथा चलचित्र निर्देशक सत्यराज चौलागाईँ, नायिका सुशिला थापा, चर्चित लोकगायक राम्जी खाँड , चर्चित गायक तथा नायक दुर्गेश थापा , नेपाली हाँस्यव्ङ्ग्य जगतमा पछिल्लो समयमा अौधि रुचाइएका कलाकार सागर लम्साल, अभिनेता तेज गिरी , गायक सञ्जिव सिंह राना , गायक ओम सुनुवार , समाजसेवी दिपेश श्रेष्ठ, पत्रकार ऋषि थपलिया हाँस्य कलाकार कृष्ण जोशी, गायक दिपेश श्रेष्ठ लगाएत विभिन्न सर्जक तथा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको सो समारोहमा चर्चित भिडियो निर्देशक तथा प्रतिनिधि सभा सदस्य असिम शाहलाई मानार्थ सदस्यपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटा र बरिष्ठ लोकगायक प्रेमराजा महतको मुक्तकण्ठले प्रशंसा गर्दै डण्डीबियोको दृष्टान्त दिनुभएको थियो। मन्त्री किरातीले वहाँहरुको उचाईको तुलनामा आफूलाई डण्डीबियो खेलको बियो र वहाँहरुलाई डण्डीसँग तुलना गर्नुभएको थियो। चर्चित गायक एसकुमार, जूनू रिजाल, प्राश्ना शाक्य आनन्द कार्की, दुर्गेश थापा लगाएत गायक गायिकाहरुको साङ्गीतिक प्रस्तुति र ५ वर्षका जुम्ल्याहा दाजुभाइ जेविस र जेनिसको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

चर्चित सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको सो समारोहलाई संस्थाका महासचिव सुव्रत आचार्यले स्वागत मन्तव्य र कार्यक्रम संयोजक तथा संस्थाका काेषाध्यक्ष बबिता श्रेष्ठले खादा र ब्याच लगाई सम्मान गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *