एसिया रग्बीको तयारी पूरा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया रग्बी यू-२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाल रग्बी संघले जनाएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार र आइतबार हुनेछ ।
नेपालले रग्बीको प्रतियोगिता आयोजना हुन लागेको यो दोस्रो पटक हो । गत वर्ष एसिया रग्बी यू-१८ सेभेन्सको आयोजना गरेको थियो । एसियन यू–२० रग्बी सेभेन्स प्रतियोगिताको पुरुषतर्फ नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तानको सहभागिता रहेको छ । महिलातर्फ नेपालसहित, थाइल्याण्ड, हङ्कङ र मलेसियाले प्रतिस्पर्धा गर्र्ने नेपाल रग्बी संघले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ एक पोलमा राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ दुई समूहमा विभाजन गरी लिग कम नआउटका आधारमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा झण्डै दुई सय खेलाडी र २५ जना खेल निर्णायक तथा अफिसियलको सहभागिता रहनेछ ।

ADVERTISEMENT

श्रीलंकन प्रशिक्षक विजेलाथ सनले नेपाली महिला र पुरुष टोलीलाई पोखरामा डेढ महिनाभन्दा बढी समय प्रशिक्षण दिइरहनुभएको छ । प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अललगायत एसिया रग्बीका म्याच अफिसियल नेपाल आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *