जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु, बाबुको उपचार हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ADVERTISEMENT

मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?