कावासोती फुटबल भदौ दोस्रो साता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रथम सेन्ट्रल कलेज कावासोती नकआउट फुटबल भदौ दोस्रो साताबाट सुरु हुने भएको छ । आयोजक अठ्ठाइस बिगाहा युवा क्लबले प्रतियोगिता भदौ १० गतेबाट सुरु भएर २० गतेसम्म चल्ने जनाएको छ ।

प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ । आयोजकका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

ADVERTISEMENT

त्यस्तै, दोस्रो हुने टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको क्लबका खेल संयोजक दिवान लामाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *