‘समृद्धिको हुटहुटी’ लोकार्पित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बैंकर तथा लेखक अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी : सुशासन र समृद्धिका १०१ पाइला’ लोकार्पण गरिएको छ ।

काठमाडौंमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि हृदयरोग विशेषज्ञ डा. अरूण मास्केलगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियोे ।

कार्यक्रममा कृतिको समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. कृष्ण हाछेथुले पुस्तकमा लेखकले जति बुँदा उठाएका छन् । ती सबै हरेकका लागि काम लाग्ने रहेको जिकिर गर्नुभयो । अर्का समीक्षक डा. ध्रुव आचार्यले साना साना विषयहरू कसरी व्यवस्थापन गर्ने भन्ने यस पुस्तकमा उल्लेख भएको बताउनुभयो ।

ADVERTISEMENT

कृतिकार पुडासैनीले आफूलाई हृदयाघात भएको क्षण सम्झना गर्दै उपचार उप्रान्त आफ्नो दृष्टिकोण परिविर्तन भएको सुनाउनुभयो । उहाँले आफूले जानेका, भोगेका कुरा समाजका लागि प्रस्तुत गर्नैका लागि यो पुस्तक लेखेको बताउनुभयो ।

दिव्य देउराली प्रकाशन प्रा.लि.द्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी ज्योति अधिकारी, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, पुस्तकका सम्पादक शरत्चन्द्र वस्ती, शालिग्राम खनाल, रमेश पाण्डे र डा. घनश्याम खतिवडा लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *