काठमाडौं । गीतकार बमकुमार श्रेष्ठको ‘मोहनी मायाले’ सार्वजनिक गरिएको छ । निशान भट्टराई एवं अस्मिता अधिकारीको स्वर, सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडिओ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।






