बार्सिलोनाले म्याड्रिडलाई हरायो

Read Time = 1 min

म्याड्रिड । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई तीन-शून्य गोलअन्तरले पराजित गरेको छ । अमेरिकामा सम्पन्न खेलमा बार्सिलोनाका लागि ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले समान एक-एक गोल गर्नुभयो ।

खेलको १५औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो । पेड्रीले पेनाल्टी क्षेत्रभित्र उपलब्ध गराएको पासमा उहाँले गोल गर्नुभएको थियो । त्यसको पाँच मिनेटपछि पाएको बराबरी गर्ने मौका रियलले गुमायो । भिनीसियस जुनिअरले गरेको शक्तिशाली पेनाल्टी क्रसबारमा लगेर फर्कियो ।

ADVERTISEMENT

८५औं मिनेटमा लोपेजले बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । उहाँले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो । इन्ज्युरी समयमा फेरान टोरेसले गोलरक्षकको गल्तीको फाइदा उठाउँदै बार्सिलोनाका लागि तेस्रो गोल गर्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *