जुम्लाको गुठीचौरका घरमा आगजनी गर्ने १० जना पक्राउ

Read Time = 1 min

-विजय रावत
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा आगजनी गर्ने शंकास्पद १० जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ।

गएराति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा ६ घर र एक ट्याक्टर तथा चन्दननाथमा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीका अनुसार शंकास्पद १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन। गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?