बर्दघाट–सुस्तापूर्वमा मात्र ‘लम्पी स्किन’बाट चार सय गाईभैँसी मरे

Read Time = 4 mins

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताउनुभयो । “जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ”, उहाँले भन्नुभयो, “लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।”

उहाँले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताउनुभयो । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा चापागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिनुभयो ।

मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी सङ्क्रमित भएका उहाँले बताउनुभयो । चापागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ सङ्क्रमित भएका छन् ।

यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा एक हजार एक सय ९० गाईभैँसी सङ्क्रमित तथा २२ को मृत्यु भएको उहाँले बताउनुभयो । बौदिकाली गाउँपालिका एक सय ८४ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रण देखिएको उल्लेख गर्दै पशु चिकित्सक चापागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताउनुभयो ।

ADVERTISEMENT

गैँडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै चार सय २३ सङ्क्रमित, हुप्सेकोट गाउँपालिकामा १४ पशुको मृत्यु तथा तीन सय ३१ सङ्क्रमित एवं बुङिलटार गाउँपालिकामा आठ गाईभैँसीको मृत्यु तथा एक सय २२ सङ्क्रमित भएका उहाँले जानकारी दिनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ । लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि छ हजार भ्याक्सिन खरिद गरेर स्थानी तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा चापागाईंले बताउनुभयो ।

सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँलेसमेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएको उहाँले जानकारी दिनुभयो ।

देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किनबाट नवलपुरमा गाई, भैँसी, गोरु र राँगा प्रभावित भएका छन् । पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भेटेरिनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिकासँग छलफल, सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रसारण एवं किसानलाई परामर्श गरिरहेको डा चापागाईंले बताउनुभयो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?